
नेपाल हेल्थ न्युज, डडेल्धुरा । डडेल्धुरा मेडिकल कलेजमा बिएस्सी नर्सिङ र पब्लिक हेल्थको अध्यापनका लागि आयोगद्वारा सिट निर्धारण गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीले दुवै तर्फ २०/२० जना गरी ४० जनाको सिट चिकित्सा शिक्षा आयोग वाट निर्धारण भएको बताउनु भयो ।
अघिल्लो वर्षदेखि अध्ययन सुरु भएको ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी अध्ययनका लागि भने १०सिट निर्धारण भएको छ ।
बिएस्सी नर्सिङ र पब्लिक हेल्थको अध्यापनका लागि अर्थ मन्त्रालयबाट स्रोत सहमतिको पहल भइरहेको डिन जोशीले बताउनु भयो ।
पहिलोपटक ०८० साल असोजमा चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको डडेल्धुरा मेडिकल कलेजले पाँचवटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमति माग गरिएकोमा ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीको अध्यापन गत वर्षदेखि सुरु भएको थियो । एमबीबीएस अध्यापनका लागि भने डडेल्धुरा अस्पताल तीन सय शय्यामा स्तरोन्नति आवश्यक रहेको र तीन सय शय्यामा सञ्चालन भएको पनि तीन वर्ष पछि मात्र एमबीबीएस अध्यापनका लागि अनुमति पाउने डिन जोशीले बताउनु भयो ।
यता डडेल्धुरा अस्पतालको स्तरोन्नतिका लागि आन्तरिक सबै प्रकारका तयारीहरू पुरा भएको भएपनि सम्बन्धित निकायले चासो नदिँदा डडेल्धुरा अस्पताल एक सय शय्यामा मात्र सीमित रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले बताउनु भयो । दीपेन्द्र अवस्थी/रेडियोनेपाल
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
