नेभिगेशन

भेरी अस्पतालः सिकल सेल एनिमियाका तीन जना बिरामीको हिप प्रत्यारोपण

नेपाल हेल्थ न्युज, बाँके । भेरी अस्पतालमा तिन जना बिरामीको जटिल प्रकारको हिपको प्रत्यारोपण गरिएको छ । भेरी अस्पतालका हाड जोर्नी तथा नशा तथा मेरुदण्ड रोग विशेषज्ञ डा. तिर्थेन्द्र खडकाको टिमले सिकल सेल एनिमियाका तिन जना बिरामीको पहिलो पटक हिपको सफल प्रत्यारोपण गरेको अस्पतालले जनाएको छ ।

सिकल सेल रोग विज्ञ डा. राजन पाण्डे भन्नु हुन्छ, सिकल सेल एनिमियाका बिरामीहरूको आवश्यकता अनुसार हिप प्रत्यारोपण मोफसलमा सुरु भए पछि बिरामीहरूलाई राहत भएको छ ।

उहाँले भन्नुभयो, १ हजार १ सय सिकल सेलका बिरामीहरू प्रत्यक्ष सम्पर्कमा रहेर उपचार गराई रहेको छन् ४ हजार भन्दा बढी उपचार गरेको बताउनु भयो । उहाँले भन्नुभयो, सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग हो । यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको सङ्ख्या घटाउँदै लैजान्छ । त्यस पछि जोर्नी, हिप लगायत शरीरको विभिन्न भागमा असर गर्ने गर्दछ । बाँकेमा हाल १५० जना सिकल सेलका बिरामी रहेका डा। पाण्डेको भनाई छ ।

डा। तिर्थेन्द्रले भन्नुभयो, २ जना बर्दिया र १ जना सुर्खेतको बिरामीको हिपको प्रत्यारोपण गरिएको छ । उहाँले, हिप प्रत्यारोपण गरिसकेको र उपचारपछि बिरामीहरूले दिने गरेको प्रतिक्रियाले आफूलाई काम गर्न प्रेरित गरेको बताउनु भयो । नेपालमा अझै पनि हिप,जोर्नी प्रत्यारोपणको बारेमा मानिसहरूलाई ज्ञान नभएका कारण पीडामा बस्नुपरेको प्रति उहाँले चिन्ता व्यक्त गर्नु भयो ।

नेपाल सरकारले सिकल सेल एनिमियाका बिरामीको हिप, जोर्नी प्रत्यारोपणमा पनि सरकारले एक लाख बराबरको सहुलियत दिँदै आएको डा. पाण्डेले बताउनु भयो । महमूद आलम खान/रेडियो नेपाल

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट