
नेपाल हेल्थ न्युज, काठमाडौँ । वीर अस्पतालमा जलन उपचार केन्द्र सञ्चालनमा आएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका बिरामीको उपचार हुने डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्नुभएको हो ।
जलनका विरामीका लागि अस्पतालमा छुट्टै अप्रेशन थिएटर, आइसियु र जनरल बेडको व्यवस्था गरिएको छ। जलन उपचार केन्द्रको शुभारम्भ गर्दै मन्त्री पौडेलले जलनको उपचारका लागि आएका विरामीलाई अन्यन्त्र रिफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।
जलन उपचार केन्द्रमा दुइटा शल्यक्रिया कक्षसहित पाँच आइसियू बेड र १० वटा वार्ड बेड छन् ।
हाल नेपालमा कीर्तिपुर बर्न अस्पताल मात्र जलनको उपचारका लागि राम्रो अस्पताल मानिन्छ । अब वीरमा पनि जलनका गम्भीर किसिमका बिरामीको उपचार हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३
युरिक एसिड गाउटका बिरामीमा मेटाबोलिक सिन्ड्रोम र कलेजो रोगको उच्च जोखिम
शुक्रबार, जेठ २२, २०८३ट्रेन्डिङ

