नेपाल हेल्थ न्युज,काठमाडौँ । स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान गर्ने १० जना महिला चिकित्सकले राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मान पाएका छन् ।

वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा नेपाल चिकित्सक संघद्धारा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।
वुमेन इन मेडिसिन इन नेपाल अवार्ड तर्फ डा. रिता गुरुङ (अप्थाल्मोलोजिष्ट), डा. शान्ताकुमारी सापकोटा (एनेस्थेसियोलोजिष्ट), डा. हिरा तुलाधर (स्त्री तथा प्रसूति विशेषज्ञ), डा. गीता सायमी (प्याथोलोजिष्ट) र डा. कल्पना सुवेदी उपाध्याय (पेडियाट्रिसियन) गरी ५ जनाले सम्मान पाउनुभयो । यसैगरी डा. सुनिती आचार्य, डा. सुधा खकुरेल, डा. विमला लाखे, डा. मालती त्रिपाठी र डा. अम्बिका श्रेष्ठले वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गर्नुभयो ।
पूर्व सचिव डा. सुधा शर्माको संरक्षकत्व र डा. आश्मा राणाको संयोजकत्वमा गठित समितिले सम्मानका लागि महिला चिकित्सकको नाम छनौट गरी संघलाई नाम सिफारिस गरेको थियो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३


