नेपाल हेल्थ न्युज, टीकापुर । कैलालीको टीकापुरस्थित एल.एन मेडिकलमा सुई लगाए लगत्तै महिलाको मृत्यु भएको छ । हिजो साँझ ६ बजेतिर उपचारका लागि मेडिकल पुगेकी जोशीपुर गाउँपालिका वडा नं. १ पिपरकोटीकी ६८ वर्षीया सञ्चुरिया चौधरीको सुई लगाए लगत्तै मृत्यु भएको हो ।
टाइफाइडको उपचारका लागि मेडिकल गएकी सञ्चुरियालाई मेडिकल सञ्चालक हरि चौधरीले सुई लगाए लगत्तै मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । बिरामीको मृत्यु भएसँगै सञ्चालक चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।
घटना लगत्तै हिजो साँझ नै सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रमुख अधिकारीले बताउनु भयो । मृतक सञ्चुरियाकी छोरी रिमा चौधरीले जोशीपुरबाट दिउँसो एक्लै टीकापुरस्थित छोरीको घर पुगेकी उनलाई मेडिकलमा उपचारका लागि लग्नु भएको थियो ।
जोशीपुरबाट हिँडेर आएकी आमाको सुई लगाएको एक मिनेटमै ज्यान गएकोले मेडिकल सञ्चालकको लापरवाही देखिएकाले सञ्चालकलाई कारबाही हुनुपर्ने छोरी रिमाको भनाई छ ।
सञ्चुरियाको ज्यान गएपछि स्थानीयहरू आक्रोशित भएका छन् । यसअघिसमेत उक्त मेडिकलमा दुई जना बिरामीको उपचारका क्रममा सुई लगाए लगत्तै ज्यान गएको थियो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

