
नेपाल हेल्थ न्युज, काठमाडौँ । बंगलादेशमा मेडिकल शिक्षा पढेका विद्यार्थीहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचनापछि थप आक्रोशित बनेका छन् ।
शिक्षा मन्त्रालयले भदौ २६ गते बंगलादेशस्थित सम्बन्धित कलेजले तोकेको कलेजमा मात्रै इन्टर्नसीप गर्नुपर्ने सूचना जारी गरेपछि नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन,बंगलादेशले आपत्ति जनाएको हो ।
एसोसिएसनका अध्यक्ष डाक्टर नवीन यादवले परराष्ट्र मन्त्रालयमार्फत बंगलादेशको मेडिकल एण्ड डेन्टल काउन्सिललाई सोधिएको प्रश्नप्रति आपत्ति जनाउनुभयो ।
बंगलादेशको मेडिकल काउन्सिलमा रजिस्टर्ड हुन् । विदेशी विद्यार्थीहरूले त्यही स्थित अध्ययन गरेकै मेडिकल कलेजमा इन्टर्नसिप पुरा गर्नुपर्ने छ भनिएको छ । 'उता रजिस्टर्ड गर्न नचाहेर आफ्नै देशको मेडिकल काउन्सिलमा रजिस्टर्ड हुन् आफ्नै देशमा इन्टर्नसिप गर्न मिल्ने कि न मिल्ने ? प्रश्नको जवाफ देखिएन, यसबाट प्रष्ट हुन्छ हाम्रो समन्वय, कूटनीतिक कति कमजोर छ'-विज्ञप्तिमा उल्लेख छ ।
छिमेकी देश भारत, पाकिस्तान लगायत विभिन्न देशका विद्यार्थीहरूले बंगलादेशमा अध्ययन गरेपनि आफ्नै देशमा इन्टर्नसिप गर्न मिल्ने प्रावधान रहेको तर, नेपाली विद्यार्थीहरूले नपाउने हुन नसक्ने बताउनुभयो ।

स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

