
नेपाल हेल्थ न्युज, धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नं ८ मा नि:शुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ ।
धनयोगा फाउन्डेसनको आर्थिक सहयोग, दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोग र गल्छी गाउँपालिकाको सहजीकरणमा दुई दिने आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको हो ।
यही भदौ २८ र २९ गते सम्पन्न शिविरमा १०२ जनाले आँखाको निशुल्क शल्यक्रिया गराएका छन् । शिविरमा धादिङ्को गल्छी गाउँपालिका र थाक्रे गाउँपालिका तथा नुवाकोटको तारकेश्वर गाउँपालिका र बेलकोटगढी नगरपालिकाका मोतियाविन्दुका विरामीको निशुल्क शल्यक्रिया गरिएको थियो ।
“शल्यक्रिया गराएर जति पनि यस भेगका स्थानीवासी लाभान्वित हुनु भएको छ त्यसमा हामी एकदमै खुशी छौं,” शिविर सञ्चालनका लागि आर्थिक सहायता जुटाउने धनयोगा फान्डेसन, नेपालकी अध्यक्ष स्मृति शर्मा तिवारीले भन्नुभयो, “नुवाकोट र धादिङ्मा आगामी दिनमा पनि यस्तै कार्यक्रम आवश्यक देखिएको छ । अब हामी त्यसतर्फ पहल गर्नेछौं ।”
शिविर सञ्चालनका लागि आवश्यक आर्थिक सहयोग धनयोगा फाउन्डेसन, युएसएको सहयोगमा धनयोगा फाउन्डेसन नेपालले उपलब्ध गराएको हो ।
उक्त अवसरमा गल्छी गाउँपालिकाका अध्यक्ष केदारप्रसाद खतिवडाले आफ्नो गाउँपालिका आगामी दिनमा दातृ संस्थाहरूसँगको साझेदारीमा यस्तै कार्यक्रमहरू गर्न इच्छुक रहेको बताउनु भयो । कार्यक्रममा धनयोगा फान्डेसन, नेपालकी कोषाध्यक्ष रोशना देवकोटा लगायतको उपस्थिति थियो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

