
नेपाल हेल्थ न्युज, वीरगञ्ज । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा डेङ्गी संक्रमण तीव्र रूपमा फैलिरहेको छ । विशेषगरी पोखरिया नगरपालिका र आसपासका क्षेत्रमा विगत केही दिनदेखि डेङ्गीका बिरामीको सङ्ख्या बढ्न थालेको छ ।
पोखरिया जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.अनिल यादवका अनुसार अस्पतालमा दैनिक एक/दुई जना बिरामीमा डेङ्गीको संक्रमण पुष्टि हुँदै आएको छ । डा. यादवले अस्पतालमा दैनिक करिब २ सय बिरामीहरूको चेकजाँच भइरहेको जानकारी दिनुभयो ।
जसमध्ये एकाध बिरामीमा डेङ्गीको लक्षण फेला परेको छ । रगत परीक्षण गर्दा डेङ्गी संक्रमण देखिएका बिरामीहरूलाई तत्काल आवश्यक उपचार गराइरहेको अस्पतालले जनाएको छ । हालसम्मको तथ्यांकअनुसार, एक हप्ताको अवधिमा पोखरिया अस्पतालमा पाँच जना बिरामीमा डेङ्गीको संक्रमण पुष्टि भएको छ ।
ज्वरोका बिरामीहरूको चेकजाँच गर्दा डेङ्गीका केसहरू थप देखिँदै गएको अस्पताल प्रशासनले जनाएको छ ।
ग्रामीण क्षेत्रमा सरसफाइको कमीको कारण डेङ्गी संक्रमण बढ्दै जाँदा स्वास्थ्यमा गम्भीर चुनौती देखिएको छ ।
एडिस एजेप्टाइ र ए.ई. अल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट भाइरसको संक्रमण भई सर्ने डेङ्गी रोगको लागि तत्काल रोकथामका उपायहरू अपनाउनुपर्ने डा. यादवले सुझाव दिनुभयो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

