नेपाल हेल्थ न्युज, सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित चौतारा अस्पतालमा मृगौला डाइलोसिस (रगत शुद्धीकरण) सेवा सुरु भएको छ ।

आइतबार प्रतिनिधिसभा सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले डाइलोसिस सेवा विस्तारको उद्घाटन गर्नु भएपछि औपचारिक रुपमा डाइलोसिस सेवा सुरु भएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिका–की ४५ वर्षिया शर्मिला तामाङले आजै डाइलोसिस सेवा लिनुभएको छ । यसअघि डाइलोसिसका लागि काठमाडौँ धाउँदै आउनुभएकी तामाङले आफ्नै घर आँगनमै सेवा लिन पाएपछि खुशी लागेको बताउनुभयो ।

अस्पतालमा हाल सो सेवाका लागि ५ वटा डाइलोसिस गर्ने मेशिन जडान गरिएको छ । एक पटकमा ५ जनालाई सेवा दिनका लागि १ जना चिकित्सकसहित ३ जना तालिम प्राप्त नर्सको व्यवस्था गरिएको अस्पतालका सुपरिटेन्डेन्ट डा. रुद्रहरि भण्डारीले जानकारी दिनुभयो ।

जिल्लाका १० जना मृगौला रोगबाट प्रभावित भएकाहरूले डाइलोसिसका लागि नाम टिपाइसकेको अस्पतालले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेतले आफू स्वास्थ्य मन्त्री भएको समयमा ५ वटा डाइलोसिस गर्ने मेशिन अस्पताललाई उपलब्ध गराउनुभएको थियो । जनशक्ति र ठाउँ अभावका कारण समयमै सो सेवा विस्तार गर्न नसकेको डा. भण्डारीले बताउनुभयो ।
डाइलोसिस सेवाको निरन्तरता र गुणस्तरीयताका लागि आफूले थप पहल गर्ने सांसद बस्नेतले प्रतिबद्धता जनाउनुभएको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

