
डाक्टरलाई भगवानको रूप भनिन्छ भने फार्मासिस्टलाई भगवानको दूत मानिन्छ । डाक्टर र फार्मासिस्टको एउटै लक्ष्य बिरामीलाई स्वस्थ बनाउनु हो । दुवै एक अर्काका परिपूरक हुन् । फार्मासिस्टलाई केमिस्ट पनि भनिन्छ । मेडिकल स्टोरबाट फार्मासिस्टको सेवा लिन सकिन्छ । जसले डाक्टरले तोकेका औषधि र तिनलाई लिने विधिबारे पूर्ण जानकारी दिन्छन् ।
हरेक वर्षको सेप्टेम्बर २५ तारिखका दिन विश्व फार्मासिस्ट दिवस मनाइन्छ ।
विश्वव्यापी स्वास्थ्य प्रणालीमा फार्मासिस्टहरूको योगदानको कदर र उजागर गर्न यो दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय औषधि महासंघले यसवर्ष नारा ‘फार्मासिस्टः विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्दै’ तय गरेको छ ।
विश्व फार्मासिस्ट दिवसको इतिहास
पहिलो पटक सन् २००९ मा विश्व फार्मासिस्ट दिवस मनाइएको थियो । अन्तर्राष्ट्रिय औषधि महासंघ (एफआइपी) ले सन् २००० मा टर्कीको इस्तानबुलमा भएको सम्मेलनमा यो दिवस मनाउन माग गरेको थियो । सम्मेलनमा यस दिनलाई विश्व फार्मासिस्ट दिवसको मान्यता दिएको थियो । यद्यपि एफआइपीले पहिलो पटक सन् २००९ मा इस्तानबुलमा भएको विश्व कांग्रेसमा फार्मेसी र फार्मास्युटिकल विज्ञान मनाएको थियो ।

विश्व फार्मासिस्ट दिवसको मुख्य उद्देश्य
- सार्वजनिक स्वास्थ्य प्रवद्र्धन गर्ने
- समाजका लागि युवाहरुलाई प्रेरित गर्ने
- स्वास्थ्यकर्मीलाई सम्मान गर्ने
- समाजमा सचेतना अभियान चलाउने
फार्मासिस्ट: स्वास्थ्य क्षेत्रका मेरुदण्ड
नयाँ औषधि पत्ता लगाउन र बनाउनमा फार्मासिस्टहरूको ठूलो भूमिका हुन्छ । विभिन्न प्रकारका खोपहरू आविष्कार गर्न र बजारमा पुर्याउन उत्तिकै भूमिका खेल्छन । साथै नयाँ औषधि पत्ता लगाउने र सुरक्षित राख्ने जस्ता कामको जिम्मेवारी पनि उनीहरूकै हुन्छ ।
फार्मासिस्टहरू कुनैपनि देशका स्वास्थ्य क्षेत्रका मेरुदण्ड हुन् । त्यस्तै फार्मासिस्टहरुले बिरामीको हेरचाहमा महत्वपूर्ण योगदान दिन्छन् । जस्तै, औषधि प्रयोगको निगरानी, साइड इफेक्ट पहिचान र उपचारको समीक्षा गर्छन् । फार्मासिस्टले औषधि दिएर डाक्टरको काम पनि गर्छन् ।
कोरोना महामारीको शुरुवाती दिनमा बजार सुनसान र बन्द हुँदा फार्र्मासिष्टहरु योद्धा जस्तै मैदानमा उभिएका थिए । महामारीका बेला बिरामीहरू निको हुन सकून् भनेर निरन्तर सेवा प्रदान गरे । औषधि पसलमा सिपाही जस्तै फार्मासिस्टहरू तैनाथ थिए ।
(संयुक्ता घिमिरे हाल ललितपुरको सातदोबाटोस्थित एसियन कलेज फर एड्भान्स स्टडिज बी फार्मेसी दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुनुहुन्छ ।)
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
