नेपाल हेल्थ न्युज, काठमाडौं । आज विश्व मुटु दिवस २०२४ । हरेक वर्ष सेप्टेम्बर २९ मा विश्व मुटु दिवस मनाउने गरिएको छ । यस वर्ष ‘युज हार्ट फर एक्सन’ भन्ने मुल नाराका साथ नेपाल लगायत विश्वभर यो दिवस मनाइँदै छ । यस विषयवस्तुले हाम्रो मुटुलाई सही रूपमा प्रयोग गर्नुपर्छ भनेर सिकाउँछ । साथै, हामीले मुटुको पनि ख्याल राख्नुपर्छ, ताकि हामी कार्य गर्न सक्षम रहन सकौं । त्यसैले मुटुको स्वास्थ्यलाई गम्भीरतापूर्वक लिन जरुरी छ ।

विश्व मुटु दिवसको उद्देश्य मुटु रोग र यससँग सम्बन्धित स्वास्थ्य समस्याहरूमा मानिसहरूको ध्यान आकर्षित गर्नु हो । आम जनतामा मुटु रोगबारे चेतना फैलाउन प्रेरित अन्तर्राष्ट्रिय अभियान पनि हो यो दिवस ।
हृदयघात, मस्तिष्कघात र मुटुसँग सम्बन्धित अन्य कुनै पनि रोगबाट बच्न विभिन्न रोकथामका उपाय र जीवनशैलीमा परिवर्तन ल्याउने उद्देश्यले यो दिवस मनाउने गरिएको छ । सरल शब्दमा भन्नुपर्दा विश्व मुटु दिवस विश्वभरका आम मानिसमा मुटु स्वास्थ्यबारे सचेतना फैलाउने अभियान हो । सन् १९९९ मा विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संगठनले विश्व मुटु दिवस मनाउने घोषणा गरेका थिए । यो विचार विश्व मुटु महासंघका अध्यक्ष एन्टोइन बेयस डे लुना (१९९७—१९९९) को थियो । यो पहिलो पटक सन् २००० मा मनाइएको थियो ।
शुरुमा विश्व मुटु दिवस हरेक वर्ष सेप्टेम्बरको अन्तिम आइतबार मनाइँदै आएको थियो र यो २०१० सम्म जारी रह्यो । सन् २०११ देखि स्विजरल्याण्डको जेनेभास्थित विश्व मुटु महासंघले हरेक वर्ष सेप्टेम्बर २९ मा विश्व मुटु दिवस मनाउन थालेको हो (अब यो दिन आइतबार नै होस् भन्ने जरुरी छैन) । पहिलो विश्व मुटु दिवस २४ सेप्टेम्वर २००० मा मनाइएको थियो ।
सन् १९४६ मा स्थापित अन्तर्राष्ट्रिय कार्डियोलोजी सोसाइटी र १९७० मा स्थापित अन्तर्राष्ट्रिय कार्डियोलोजी महासंघलाई १९७८ मा एकीकृत गरी अन्तर्राष्ट्रिय समाज र कार्डियोलोजी महासंघ गठन गरियो । पछि सन् १९९८ मा इन्टरनेशनल सोसाइटी र फेडरेशन अफ कार्डियोलोजीको नाम बदलेर विश्व मुटु महासंघ राखियो ।
विश्वव्यापी रूपमा मुटु रोग विरुद्ध लड्ने यो एक मात्र संस्था हो । मुटुरोगसम्बन्धी जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष विश्वभर मुटु रोगसम्बन्धी विभिन्न कार्यक्रम गरी विश्व मुटु दिवस मनाइन्छ ।
यसको उद्देश्य संसारलाई मुटु रोगबाट मुक्त बनाउन मानिसहरूलाई प्रेरित गर्नु हो । विश्व मुटु महासंघले विश्वका १९९ भन्दा बढी देशमा अन्य संघसंस्थासँगको सहकार्यमा विभिन्न किसिमका सचेतना कार्यक्रम आयोजना गर्दै आएको छ । यसका साथै यस दिन धेरै ठाउँमा मुटुको जाँच शिविर समेत आयोजना गरी मुटु सम्बन्धी रोगबारे सचेतना गराइन्छ ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
