
नेपाल हेल्थ न्युज, काठमाडौँ । पछिल्लो भारी वर्षा र बाढीका कारण अस्पतालका उपकरणहरूमा क्षति भएको भन्दै किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले शनिबारसम्म स्वास्थ्य सेवा उपलब्ध नगराउने जनाएको छ ।
अस्पतालले आज एक सूचना जारी गर्दै पछिल्लो वर्षाका कारण विद्युत सप्लाइ र उपकरणमा क्षति पुगेको भन्दै आगामी शनिबारसम्म आकस्मिक लगायतका सेवा उपलब्ध गराउन नसक्ने जनाएको हो ।
अस्पतालले सम्पूर्ण सेवा सुचारु गर्नको लागि प्रयत्न गरिरहेको समेत जनाएको छ । पछिल्लो वर्षाको क्रममा किस्ट मेडिकल तथा शिक्षण अस्पतालमा बाढी पसेर समस्या सिर्जना गरेको थियो । जसले गर्दा कतिपय वार्डका बिरामीलाई नै अस्पतालले सार्नुपर्ने अवस्था सिर्जना भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
