
नेपाल हेल्थ न्युज, कञ्चनपुर । कञ्चनपुर महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहोरबाट आम्दानी गर्न थालेको छ । अस्पतालबाट उत्पन्न हुने फोहोर बिक्री गरेर अस्पतालले आम्दानी गरिरहेको छ ।
अस्पतालले प्रयोग गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोतल, तथा पन्जालाई आम्दानीमा बदलेको छ । महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले फोहोरलाई आम्दानीको स्रोतको रुपमा प्रयोग गरिएको बताउनुभएको छ ।
अध्यक्ष भट्टका अनुसार अस्पतालबाट निस्किने फोहोर सङ्कलन र निर्मलीकरण गरेर फोहोर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने वस्तु छुट्याउने गरिएको जनाउनु भएको छ ।
महाकाली प्रादेशिक अस्पतालमा मासिक करिब आठ क्विन्टल फोहोर उत्पादन हुने गरेको र सो फोहर बिक्री गरेर मासिक १५ देखि २० हजार रुपैयाँ आम्दानी गरिरहेको छ । कृष्ण साउद, रेडियोनेपाल
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

