
नेपाल हेल्थ न्युज, बाजुरा । जिल्ला अस्पताल बाजुरामा अक्सिजन अभाव भएको छ। अस्पतालमा रहेको अक्सिजन प्लान्ट मेसिनमा खराबी आएसँगै अक्सिजन अभाव भएको हो ।
प्लान्टमा खराबी आएपछि अस्पतालमा रहेका अक्सिजन सिलिण्डरहरु रित्तिएका जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताउनुभयो ।
एक महिनादेखि अक्सिजन प्लान्ट बन्द भएको र हाल जिल्ला अस्पतालमा अक्सिजन लगाउनुपर्ने बिरामीहरूका लागि बयालपाटाबाट ल्याउनुपर्ने बाध्यता रहेको सूचना अधिकारी गिरीले जानकारी दिनुभयो ।
एक महिना अगाडी बिग्रीएको मेसिन मर्मतका लागि कम्पनीलाई पटक पटक बोलाउँदा पनि नआएको र अग्रिम भुक्तानी माग गरेका कारण मर्मतमा ढिलाइ भएको अस्पताल बाजुराले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको बजेट ढिला आएको र अस्पतालको आन्तरिक श्रोतबाट मर्मत गर्न नसकिने भएका कारण मर्मतमा ढिलाइ भएको अस्पताल बाजुराका प्रमुख सुमिता पुनले बताउनुभयो । सुदूरपश्चिम सरकारको यस आर्थिक वर्षको बजेट कार्यान्वयनको पक्षमा भर्खर गएकोले दशै लगत्तै मर्मत गरिने अस्पताल प्रमुख पुनको भनाइ छ।
जिल्ला अस्पतालमै भर्ना भएर उपचारमा रहेका बिरामीहरूका लागि भने पाइपबाटै सिधै दिन मिल्ने भए पनि एम्बुलेन्स सहित रेफर गरिने बिरामीहरूका लागि निकै समस्या झेल्नु परेको अस्पताल बाजुराले जनाएको छ। रेडियोनेपाल
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
