नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ (एनएनसिए) का अध्यक्ष विप्लव रञ्जितले औषधि पसलहरुबाट बिरामीहरुले चाहेको आहारपुरक र कस्मास्युटिकल उपभोग गर्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्न आग्रह गर्नुभएको छ ।
सम्पूर्ण न्युट्रास्युटिकल्स कस्मास्युटिकल्स व्यवसाय गर्ने व्यवसायी एवं देशैभर र देशबाहिर रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई नेपालीहरुको महान चाड वडादशैंको शुभकामना दिँदै उहाँले सो आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ—न्युट्रास्युटिकल्स, कस्मास्युटिकल्स बिक्रीवितरण गरिरहेका रिटेलरहरुहरुले थोरै समय मिलाएर बाणिज्य विभाग वा स्थानीय सरकारमा आफ्नो उद्देश्य खुलाएर छुट्टै र्याक राखेर औषधि पसलहरुमा बिक्रीवितरण गरिदिएमा बिरामीले छानेर खोजेर र आफूलाई मनपर्ने सामान रोजेर लानसक्ने वातावरण बनाइदिन अनुरोध गर्दछु ।’
नेपाल आहारपुरक सौन्दर्यवद्धक संघ (एनएनसिए) मुलुकभर रहेका ६ सय भन्दा बढी न्युट्रास्युटिकल र कस्मास्युटिकल सामाग्रीहरुको आयात र बजारीकरण गर्ने व्यवसायीहरुको एक साझा संस्था हो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

