
नेपाल हेल्थ न्युज, काठमाडौँ । बङ्गलादेशमा केही महिनाअघि भएको आन्दोलनका क्रममा आँखासम्बन्धी समस्या भएका बिरामीको तिलगङ्गा आँखा प्रतिष्ठानका चिकित्सकले उपचार गरेका छन् । आँखाको नानी च्यातिएका, गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका बिरामीको तिलगङ्गा आँखा प्रतिष्ठानका चिकित्सकले उपचार गरेका हुन् ।
ती बिरामीको उपचारार्थ बङ्गलादेश सरकारको पहल र नेशनल इन्स्टिच्युट अफ अप्थाल्मोलोजी, बङ्गलादेशको निमन्त्रणामा सेवा फाउण्डेशन, बङ्गबन्धु शेख मुजीब मेडिकल र इशापानी इश्लामिया आँखा अस्पताल बङ्गलादेशसँगको सहकार्यमा प्रतिष्ठानको प्रतिनिधित्व गर्दै आँखाको पर्दा रोग विशेषज्ञ डा रबा थापा नेतृत्वको टोलीले उपचार गरेको हो ।
टोलीमा नेपालबाट डा थापासँगै लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका डा. सुशीला पटेल र डा सविता ढकाल सहभागी थिए । आँखामा गम्भीर चोट लागेका, दुर्घटनाबाट भएका मोतिबिन्दु र अन्य चोट, विशेषतः गोलीले क्षति पुगेका आँखामा जतिसक्दो चाँडो उपचार आवश्यक परेकाले ‘केराटोप्लास्टी’ र ‘ग्लोब–सेभिङ’ प्रविधिमा विशेषज्ञता भएका ‘भिट्रेओ रेटिना सर्जन’ र ‘कोर्निया’ विशेषज्ञहरूको मागअनुसार उनीहरु उपचारमा सहभागी हुनुभएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले यस किसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक उत्तरदायित्व पूरा गर्ने उपचार सेवाले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने विश्वास गरेको छ । बङ्गलादेशमा भएको आन्दोलन र त्यसपछिको नयाँ सरकारले हाल आन्दोलनका घाइतेहरुको उपचारलाई प्राथमिकतामा राखेको छ । रासस
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
