
नेपाल हेल्थ न्युज, गाजा । गाजाका एक लाख ५० हजारभन्दा बढी बालबालिकाले दोस्रो चरणको अभियानको पहिलो दुई दिनमा मौखिक पोलियो खोपको आवश्यक दोस्रो डोज प्राप्त गरेका छन् ।
प्यालेस्टिनी क्षेत्रका केही भागमा इजरायली सैन्य कारबाही जारी राखे पनि १० वर्षमुनिका पाँच लाख ९० हजारभन्दा बढी बालबालिकाका लागि पोलियो खोप अभियानको दोस्रो चरण सोमबार सुरु भएको छ ।
मध्य गाजामा पोलियो खोपको दोस्रो डोज पाएका बालबालिकाको कूल सङ्ख्या एक लाख ५६ हजार नौ सय ४३ रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले जानकारी दिनुभयो ।
खोप अभियान आज पनि जारी छ । सोही क्रममा एक लाख २८ हजार एक सय २१ बालबालिकालाई भिटामिन ए खुवाइएको थियो । “हामी मानवीय युद्धविरामको निरन्तर सम्मानका लागि आह्वान गर्दछौँ । हामी युद्धविराम र शान्तिका लागि आह्वान गर्छौं,” गेब्रेयससले भन्नुभयो ।
गाजा पट्टीमा २५ वर्षमा पोलियोको पहिलो मामिला पुष्टि भएपछि खोप अभियान सुरु भएको हो ।
डब्लुएचओका प्रवक्ता तारिक जसरेभिकले मङ्गलबार पत्रकारहरूलाई भन्नुभयो– “सोमबार पहिलो दिन मध्य गाजामा करिब ९३ हजार डोज दिइएको थियो ।” रासस
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
