
नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले आगामी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन 'ए' क्याप्सुल र जुकाको औषधि खुवाउने भएको छ ।
कात्तिक २ र ३ गते देशभरका ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाउन लागिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयले पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक राष्ट्रिय भिटामिन 'ए' कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार यसपटक २१ लाख बालबालिकालाई भिटामिन ए खुवाईदै छ । यस्तै जुकाको औषधी खाने बालबालिकाको संख्या १९ लाख रहेको छ ।
यो अभियानमा करीव ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १७ हजार बढी स्वास्थ्यकर्मी परिचालन गर्न लागिएको समेत शाखा प्रमुख थापाले बताउनुभयो ।
बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि मन्त्रालयले ०५० सालदेखि राष्ट्रिय भिटामिन 'ए' कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने ०५६ सालबाट खुवाउन थालिएको हो ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
