नेपाल हेल्थ न्युज, काठमाडौं । नोभा डर्म केयर प्रा.लि.ले आफ्नै ब्रान्डमा ‘एज इन्फिनिटी’ नामक एन्टि एजिङ फेस सिरम र एक्नी, हाइपर पिग्मेन्टेसन एवं स्किनको कम्प्लेक्स राम्रो बनाउने ‘एज ग्लिम’ बजारमा ल्याएको छ ।

‘एज इन्फिनिटी’ एन्टि एजिङ फेस सिरममा म्याट्रीक्सिल १० प्रतिशत र ह्यालुरोनिक एसिड २ प्रतिशत रहेको छ । म्याट्रीक्सिल भनेको पेप्टाइड (प्रोटिनको सानो रुप) को कम्बिनेसन हो । ह्यालुरोनिक एसिडले स्किनलाई मोइश्चराइज र हाइड्रेसन गर्ने काम गर्छ ।

नोभा डर्म केयर प्रा.लि.की प्रबन्ध निर्देशक मुना कार्की भन्नुहुन्छ—‘वास्तवमा ह्यालुरोनिक एसिडले पेप्टाइडलाई स्किनमा छिर्न अझ मद्धत गर्छ । यसले चाउरीपना त हट्ने नै भयो । सँगसँगै स्किनलाई हाइड्रेसन दिएर मोइश्चराइज गर्ने काम गर्छ । यसले गाला, निधार, आँखा वरपर, आँखामुनिलगायत अनुहारमा हुने चाउरिपनलाई हटाउन मद्धत गर्छ ।’ यसको मूल्य प्रति फाइल ३ हजार रुपियाँ रहेको छ ।

बढ्दो उमेरका कारण छालाले इलास्टिसिटी लुज गर्दै जान्छ । यसले छाला चाउरिनेलगायत उमेरको संकेत देखिन शुरु हुन्छ । यसको उपचारमा यो सिरम महत्वपूर्ण रहेको छ ।
‘एज ग्लिम’ एक्ने ट्रिटमेन्ट, हाइपर पिग्मेन्टेसन र स्किनको कम्प्लेक्स राम्रो बनाउन महत्वपूर्ण मानिन्छ । यसमा एजेलिक एसिड ५ प्रतिशत, म्यान्डेलिक एसिड ४ प्रतिशत र स्यालिसाइलिक एसिड २ प्रतिशत रहेको छ । यसको मूल्य प्रति फाइल २ हजार ४ सय पर्छ ।
‘यो भारतीय कम्पनिबाट आफ्नै ब्रान्डको उत्पादन हो । अरु मोलिक्युलको तुलनामा यसको मूल्य अलि महँगो पर्छ । तर तुलनात्मक रुपमा ब्रान्डको दृष्टिकोणले अरुभन्दा महँगो छैन । अहिले इन्टरनेशनल मार्केटमा एकदमै धेरै चलनचल्तीमा आएको नयाँ मोलिक्युल हो । यसको डिमान्ड धेरै बढेको छ ।’—प्रबन्ध निर्देशक कार्कीले भन्नुभयो ।

नोभा डर्म केयर प्रा.लि.ले विगतदेखि डर्माका जनरल प्रोडक्टहरु नेपालमा बिक्रीवितरण गर्दै आएको छ । जसमा सनस्क्रिन, मोइश्चराइजर, फेसवासलगायतका सामाग्रीहरु पर्दछन् ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
