
हिजो–आज उच्च रक्तचाप, मधुमेह, हृदयघात, कोलेस्टेरोल, युरिक एसिड आदिको समस्या निकै बढेको देखिन्छ । मुटुका धेरैजसो रोगहरु जीवनशैलीसँग सम्बन्धित छन् । अव्यवस्थित जीवनशैलीको नतिजा हो मुटुको रोग । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्वाकांक्ष, भोजभतेर, कम्प्युटर र टेलिभिजन, अत्यधिक मानसिक तनाव अनि पैसा कमाउने दौड, यिनै हुन् संक्षिप्तमा मुटुरोग बढ्नाका प्रमुख कारणहरु ।
सम्पूर्ण मुटुका रोगहरुको ७५ प्रतिशत र हृदयघातसँग सम्बन्धित मुटुरोगको ९० प्रतिशत कारण अव्यवस्थित जीवनशैली हो भन्ने कुरा प्रमाणित भइसकेको छ । त्यसैले मुटुरोग नियन्त्रणका लागि जीवनशैली व्यवस्थित गर्नेतर्फ लाग्न जरुरी छ । सुत्ने, उठ्ने, खाने, पिउने, बानी व्यवहार, सोचाइ, दिनचर्या आदि सबै जीवनशैलीभित्र पर्छन् ।
मानिसको आहार, विहार र विचारको स्वरुप नै जीवनशैली व्यवस्थापन हो । विश्वव्यापी भएको अध्ययन अनुसार मुटुरोग लाग्ने ९ वटा प्रमुख कारणहरुमा धुम्रपान, मोटोपना (विशेष गरी पेट ठूलो हुने), मधुमेह, उच्च रक्त कोलेस्टेरोल, उच्च रक्तचाप, व्यायामको कमी, फलफूल र हरियो सागपात कम खानु, मानसिक तनाव र वंशाणुगत हुन् ।
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
