
नेपाल हेल्थ न्युज, म्याग्दी । जिल्लामा परोपकारी क्षेत्रमा क्रियाशील ओमकुमारी शान्ति कोषले विपन्न नागरिकको उपचारमा दुई करोड ५९ लाख ५० हजार सहयोग गरेको छ । विसं २०७१ मा स्थापना भएको उक्त संस्थाले एक दशकमा तीन सय ४८ विपन्न नागरिकको उपचारमा आर्थिक सहयोग गरेको छ ।
संस्थाको आज सम्पन्न दशौँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनमा संस्थाका अध्यक्ष हरिकृष्ण गौतमले विभिन्न रोग लागेर आर्थिक अभावको सामना गरेका सर्वसाधारणको उपचारमा संस्थाले रोगको अवस्था हेरेर पाँच हजारदेखि रु १४ लाखसम्म सहयोग गरेको बताउनुभयो ।
दुई वर्षको अवधिमा मात्रै संस्थाले ६९ जनाको उपचारमा सघाएको छ । यस अवधिमा संस्थाको अक्षयकोषको ब्याज रकमबाट चार लाख ६८ हजार र सहयोग सङ्कलनबाट ६३ हजार सहयोग गरिएको उहाँले बताउनुभयो ।
कोषमा आठ सय ९१ आजीवन सदस्य, आठ संस्थागत संरक्षक सदस्य तथा ३४ व्यक्तिगत संरक्षक सदस्य रहनुभएको कोषका कार्यालय सचिव डकबहादुर रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक रूपमा विपन्न नागरिको उपचारमा सघाउन स्थापना भएको यस संस्थाको अक्षयकोषमा एक करोड ३३ लाख ५९ हजार रहेको छ ।
जिल्लामा आर्थिक रूपमा विपन्न बिरामीलाई कोषले अक्षयकोषको ब्याज रकम र सहयोगदाताबाट सङ्कलन हुने रकम सहयोग गर्दै आएको छ ।
हाइपोप्लाष्टिक एनिमिया रोगका कारण निधन भएकी बेनी नगरपालिका–४ की ओमकुमारी पुन (शान्ति) को स्मृतिमा स्थापित कोषले जिल्लामा विपन्न नागरिको उपचारसँगै दैवी प्रकोप पीडितलाई समेत सहयोग गर्दै आएको सो संस्थाले जनाएको छ ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
