
हाल धेरैको मुटुको सफल एन्जिओप्लाष्टि र एन्जिओग्राफी गरिरहेको छु । एन्जिओप्लाष्टि गर्न शुरु गरेको सन् २०१४ देखि हो जुनबेला मुलुकमा धेरै एन्जिओप्लाष्टि हुँदैनथ्यो । म लगायत मेरो टिमले एक दिनमा ५० वटासम्म एन्जिओप्लाष्टि, एन्जिओग्राम, डिभाइस क्लोजर, पिटिएमसीलगायतका प्रोस्युजरहरु गरेको छ ।
हाल हृदयघात भएका व्यक्तिहरुको प्रति महिना २ सयभन्दा बढीको एन्जिओप्लाष्टि गर्दछौं । केन्द्रमा प्रतिदिन ६—७ वटा ओपन हार्ट सर्जरी हुने गर्छ ।
हरेक महिना केन्द्रमा करिब १२ देखि १३ हजार बिरामी मुटु जाँच गराउन आउँछन् । आकस्मिक सेवा लिनेहरुको संख्या प्रति महिना १८ सयको हाराहारीमा छ । त्यसमा अधिकांश हृदयघातका बिरामी रहेका छन् । साथै मुटु फेलियर, मुटुको चालमा गडबडी, उच्चरक्तचापका बिरामीहरु पनि आकस्मिक सेवा लिन आइपुग्छन् । म काठमाडौंभित्र प्राइभेट प्राक्टिस गर्दिनँ । केन्द्रमा मात्र काम गर्ने भएकाले बिहानदेखि बेलुकासम्म कार्यालयको काम क्वार्टरमा बसेर पनि गरिरहेको हुन्छु ।
काममा रमाउन खोज्यो भने त्यस्तो अनुभव हुने रहेनछ । मलाई त बिहानदेखि बेलुकासम्म अप्रेसन गरिरहन पाएहुन्थ्यो जस्तो लाग्छ । क्याथल्याबमा बिरामीको उपचार गर्न निकै मजा आउँछ जुन ठाउँमा एन्जिओग्राम, एन्जिओप्लाष्टि एएसडी डिभाइस क्लोजर गरिन्छ ।
बेलुका ७—८ बजेसम्म काम गर्न पनि पछि हट्दिन । यो मेरो रुचि हो । केही वर्षअघि ४८ घण्टाभित्र ५५ जनाको छाति नचिरी मुटुको प्वाल टाल्ने विधि एएसडी डिभाइस क्लोजर गर्न हाम्रो टिम सफल भएको थियो । अहिले केन्द्रमा वर्षमा ४ सयदेखि ५ सयसम्मको हाराहारीमा डिभाइस क्लोजरसम्बन्धि शल्यक्रिया हुने गर्छ । १५ वर्ष मुनिका सबै नेपालीलाई निःशुल्क छ । यो संसारकै सबैभन्दा सस्तोमा सेवा उपलब्ध गराइएको छ ।
सम्बन्धित विधामा ज्ञानको जरुरत पर्छ । बिरामीको मर्का र पीडा राम्रोसँग सुनिदिनुपर्छ । समय दिएर बिरामीको रोग पहिचान गर्नुपर्छ । बिरामीबाट फाइदा लिने चेष्टा गर्न हुँदैन ।
म बिरामी भएर कुनै एउटा डाक्टरकोमा जाँदा ‘त्यो डाक्टरले मलाई जसरी उपचार गरोस् भन्ने चाहन्छु’ त्यसरी नै एउटा बिरामीलाई उपचार गर्न सकेमा सफल डाक्टर बन्न त्यति नै काफी हुन्छ ।
(डा. अधिकारी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत हुनुहुन्छ । उहाँ निवर्तमान हस्पिटल डाइरेक्टर हुनुहुन्छ ।)
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
