
नेपाल हेल्थ न्युज, गोरखा । गोरखा जिल्लामा गोरखा लायन्स आँखा सेवा केन्द्रले गत आर्थिक वर्ष र चालु वर्षको तीन महिनामा गरी कुल ३५ हजार २४१ जानको आँखा जाँच तथा उपचार गरेको जनाएको छ ।
आर्थिक वर्ष ०८०।०८१ मा ओपिडी सेवा लिनेको सङ्ख्या १३६५९ जना, विद्यालय आँखा जाँच कार्यक्रममा ५६ वटा शिविरमा १० हजार १४२ जना, समुदाय आँखा जाँच कार्यक्रम २२ वटामा चार हजार २१२ जना, वृहत् मोतियाविन्दु शल्यक्रिया दुइटा भएकामा १३१ जनाको उपचार गरिएको गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रशासकीय अधिकृत विश्व प्रकाश अर्यालले बताउनुभयो ।
कुल ३८७ जनाको शल्यक्रिया गरिएको थियो । चालु आर्थिक वर्षमा १५ जना महिला र १८ जना पुरुष गरी ३४ जनाको मोतिया विन्दु र २५ जनाको माइनर शल्यक्रिया गरिएको अधिकृत अर्यालले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा दुई हजार पाँच सय ७१ महिला र एक हजार ४४४ जना पुरुष गरी चार हजार १५ जनाले ओपिडी सेवा लिएका छन् । हिमालय आँखा अस्पताल पोखराको सहयोगमा प्रत्येक महिना १९, २० र २१ गते गोरखामा मोतियाविन्दुको शल्यक्रिया हुने गरेको छ ।
२०६१ सालमा स्थापना भएको सेवा केन्द्रले हाल जिल्लाको पालुङटार, सिरानचोक, आरुघाट र भीमसेन थापा गाउँपालिकामा केन्द्र विस्तार गरी सेवा दिइरहेको अधिकृत अर्यालले बताउनुभयो । हाल सम्म गोरखा लायन्स आँखा सेवा केन्द्रबाट दुई लाख भन्दा धेरैले सेवा लिएको अर्यालको भनाई छ ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
