
नेपाल हेल्थ न्युज, काठमाडौँ । स–साना केटाकेटीहरू प्रायः चकलेट, केक र टफी खान जिद्धि गर्छन् । छोराछोरीलाई खुसी बनाउन आमाबाबु पनि उनीहरुले भनेको मान्छन् । तर, त्यसो गर्दा बालबालिकाको भविष्य खतरामा पर्न सक्छ ।
मिठाई खाँदा बच्चाहरूलाई पछि मधुमेह हुने खतरा बढ्न सक्छ । यो बानीले मधुमेह मात्र नभइ मुटुसँग सम्बन्धित समस्या र मोटोपना पनि निम्त्याउन सक्ने अध्ययनले देखाएको छ । हालै द जर्नल साइन्समा प्रकाशित एक अध्ययनका अनुसार बाल्यकालमा बालबालिकाको मिठाई खाने बानी नियन्त्रणमा राखे मधुमेहको जोखिम ३५ प्रतिशतले कम हुने देखाएको छ ।
अनुसन्धानकर्ताहरुका अनुसार बाल्यकालमा बढि गुलियो खानेकुरा सेवन गर्दा बालबालिकामा मोटोपना बढ्छ । विस्तारै उनीहरु मधुमेहको शिकार हुन्छन् । यदि बाल्यकालमा राम्रो खानपानको बानी बसाले इन्सुलिन र ग्लुकोजको स्तर नियन्त्रित रहन्छ । मेटाबोलिजमको प्रक्रियामा पनि सुधार हुन्छ, जसले मधुमेहको जोखिम निकै कम भएर जान्छ ।
यदि बाल्यकालमा चिनीजन्य पदार्थ प्रतिबन्ध लगाइएमा मधुमेह मात्र नभई अन्य रोगको जोखिम पनि कम गर्न मद्दत गर्छ । यसो गर्दा बालबालिकामा उच्च रक्तचापको जोखिम २० प्रतिशतले कम हुने अध्ययनले देखाएको छ ।
वास्तवमा, यी सबै रोगहरू मोटोपनासँग सम्बन्धित छन् । अध्याधिक चिनी सेवनले बालबासलकाहरु मोटोपनाको शिकार हुन्छन् । २ वर्ष भन्दा कम उमेरका बच्चाहरुलाई कुनै पनि प्रकारको गुलियो नखुवाउन अनुसन्धानकर्ताहरुले सुझाएका छन् ।
बालबालिकालाई चिनी खुवाउदा हुने हानीहरु
बालबालिको मानसिक स्वास्थ्यमा असर गर्छ । बालबालिकाको मानसिक विकास ढिला हुन्छ । चिनी खुवाउदा बालबालिकामा जीवनशैलीसम्बन्धी रोगको जोखिम बढ्छ । त्यस्तै बालबालिकाको दाँतमा किरा लाग्न सक्छ । एजेन्सी
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

