
नेपाल हेल्थ न्युज, काठमाडौँ । नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनिया भएको छ।
परीक्षणको क्रममा उहाँलाई निमोनिया भएको उपचारमा संलग्न चिकित्सकहरूलाई उल्लेख गर्दै निजी सचिव शम्भु अधिकारीले जानकारी दिनुभयो । निमोनिया लगायतको समस्या देखिएपछि हाल उहाँको ‘हाइ कियर’ युनिटमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
हाल उहाँको उपचारमा नर्भिक अस्पतालका कार्डियोलोजिस्ट डा यादव भट्ट आर्मीका डा. किशोरजंग राणा सहितको टिमले उहाँको उपचार गरिरहनुभएको छ ।
९७ वर्षिया शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


