
नेपाल हेल्थ न्युज, काठमाडौँ । हात भाँचिएर उपचारका लागि अस्पताल पुगेकी ९ वर्षीया बालिकाको मृत्यु भएपछि डोटीको सुजङ अस्पतालमा तनाव भएको छ ।
दिपायल सिलगढी नगरपालिका–३, की ९ वर्षीया रजनी भुलको बुधबार राति मृत्यु भएपछि उनका आफन्त र स्थानीयले अस्पताल परिसरमा प्रदर्शनका साथै तोडफोड गरेका हुन ।
चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीय अस्पताल तोडफोडमा उत्रिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार उपचारमा संलग्न डा. राजमणि यादव, डा. सुरेन्द्रकुमार चौधरी र डा. अभिषेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उहाँले भन्नुभयो–‘ बुधबार राति करिब ८ बजे शल्यक्रिया गर्नका लागि सुइमार्फत एनेस्थेसिया दिइएको खुलेको छ । त्यसपछि बालिका होसमा नआएको बताइएको छ ।’
एसपी शर्माका अनुसार बेहोस पार्ने क्रममा दिइएको औषधिको असरले बालिकाको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
मृतकका आफन्तले बालिकाको शव बुझ्न मानेका छैनन् ।
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३


