
नेपाल हेल्थ न्युज, नेपालगगन्ज । २०७४ सालबाट ओपिडी सेवा शुरु गरेको बॉकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पतालले पश्चिम नेपालका करिब ४० जिल्लाका बिरामीको उपचारमा अहम भुमिका निभाउँदै आएको छ ।
सो अस्पतालमा फोक्सो, स्तन, रक्तनली, नाक–कान–घाँटी, पाठेघर, हड्डी, दाँत तथा मुख, मुत्रनली र पिसाब थैलीलगायतका क्यान्सरको उपचार हुॅदैआएको छ ।
यी सेवा बाहेक अस्पतालले बाल क्यान्सरको उपचार सेवा पनि दिइरहेको अस्पतालका कार्यकारी निर्देशक डा। प्रकाशप्रसाद साहले बताउनुभयो।
उहॉले यो अस्पताल क्यान्सरका सम्भावित विरामीको गन्तब्य अस्पताल र रेफरल सेन्टरका रुपमा समेत स्थापित हुॅदै गएको बताउनुभयो । कार्यकारी निर्देशक डा. साहले भन्नुभयो, ‘केमोथेरापी, शल्य चिकित्सा, पाठेघरको भित्री सेकाई लगायतका सेवाहरु निरन्तर सञ्चालनमा रहेका छन् । सुरुवाती चरणमा सीमित सेवाबाट शुरु गरिएको अस्पताल अहिले विस्तारित अवस्थामा प्रवेश गर्ने क्रममा छ ।’
पश्चिम नेपालकै एक मात्र पोजेटिभ प्रेसर आइसीयु, चौबिसै घण्टा सञ्चालनमा रहने अत्याधुनिक ल्याब तथा एक्सरे सेवासहितको सेवा अस्पतालबाट प्रवाह भइरहेको अस्पतालले जनाएको छ ।
सिटी स्क्यान, मेमोग्राफीजस्ता केही अत्यावश्यक उपकरण लामो समयदेखि बन्द हुँदा बिरामीलाई केही समस्या परेको बिरामीको गुनासो छ । तर अस्पतालले ती सेवाहरु सुचारु गराउन प्रयासरत रहेको जनाएको छ । २०७३ सालमा स्थानीयवासीबाट संघीय सरकारले अस्पतालको स्वामित्व ग्रहण गरे पनि सरकारबाट दरबन्दी स्वीकृत नहुँदा करार र ज्यालादारी चिकित्सक र कर्मचारीबाट अस्पताल सञ्चालन हुँदै आएको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले बताउनुभयो ।
बिरामीको चाप र आवश्यकताका आधारमा अस्पताललाई ७० बेडबाट १०० बेड बनाउनु पर्ने, अस्पतालको वार्डहरू सञ्चालन गर्न थप भवन तथा चिकित्सक र कर्मचारीको आवासका लागि अर्को भवन अति आवश्यक रहेको उहाँको भनाइ छ ।
अस्पताललाई आवश्यक पर्ने जनशक्तिको दरबन्दी स्वीकृतिका लागि २०७२ सालदेखि नै लगातार अस्पताल प्रशासनले माग गर्दै आए पनि मन्त्रालयले बेवास्ता गर्दै आएको अस्पताल बिकास समितिले जनाएको छ । अस्पताल विकास समितिले क्यान्सर अस्पतालको सम्भावना, समस्या र समाधानका उपायबारे बेला बेलामा सरकारको ध्यानाकर्षण पनि गराउँदै आएको छ । सिराज खान गोरखापत्रअनलाइन
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
