
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले कस्मेटिक बाहेक जलनका सबै बिरामीहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको बताउनुभएको छ ।
जलन पीडितहरूसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले जलन पीडितका लागि उपचार सेवाको बिस्तार जिल्ला अस्पतालसम्म गर्ने प्रयासमा आफू लागिपरेको बताउनुभयो ।
मन्त्री पौडेलले हाल सरकारले जलन पीडितका लागि उपचारका लागि ८ वटा अस्पतालमा व्यवस्था गरेको भएपनि त्यसलाई जिल्ला अस्पतालसम्म पुर्याउने योजना रहेको बताउनु भयो ।
मन्त्री पौडेलले जनशक्तिको अभावमा पनि नेपालमा जलनका बिरामीहरूको उपचार प्राथमिक स्वास्थ्य केन्द्रसँग पुर्याउने सम्भावना नभएको पनि स्पष्ट पार्नुभयो ।
सो अवसरमा जलन पीडितहरूले जलनका बिरामीको उपचार सहज बनाउने मन्त्री पौडेलले खेल्नुभएको भूमिकाप्रति धन्यवाद दिँदै प्रशंसा गर्नुभएको थियो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

