
आज विश्व मधुमेह दिवस । ‘ब्रेकिङ ब्यारियर्स, ब्रिजिङ ग्याप्स’ भन्ने मुल नाराका साथ नेपाललगायत विश्वभर यो दिवस मनाइँदै छ । यस वर्षको नाराले मधुमेहको जोखिम कम गर्न र मधुमेह भएका सबै मानिसहरूलाई समतामूलक, व्यापक, किफायती र गुणस्तरीय उपचार र हेरचाहको पहुँच सुनिश्चित गर्ने विश्व स्वास्थ्य संगठनको प्रतिबद्धतालाई विशेष जोड दिएको छ ।
आमजनतामा सचेतना जगाउने उद्देश्यले विश्व मधुमेह दिवस मनाउने गरिएको छ जसले गर्दा मधुमेहका लक्षण पहिचान गरी सुरुमै नियन्त्रण गर्न सकियोस् । यसमा मधुमेहसँग लड्न कस्तो स्वास्थ्य सेवा चाहिन्छ भन्ने सवाल पनि जोडिएको छ ।
इन्टरनेशनल डायबिटिज फाउन्डेसनले मधुमेहबाट बच्न र यस रोगबारे जनचेतना जगाउन सन् १९९१ देखि हरेक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाउने घोषणा गरेको थियो । संयुक्त राष्ट्र संघको घोषणासँगै यो दिवस विश्वभर मनाउन थालिएको हो ।
मधुमेहको उपचारका लागि इन्सुलिनको आविष्कार गर्ने वैज्ञानिक द्धय सर फ्रेडरिक ब्यान्टिङ र चाल्र्स बेस्ट नोभेम्बर १४ मा जन्मिनुभएको थियो ।
उच्च आय भएका देशको तुलनामा निम्न र मध्यम आय भएका देशहरूमा मधुमेहको प्रकोप बढ्दै गएको छ । हाल विश्वमा ४२ करोड २० लाख जनसंख्या मधुमेहबाट पीडित छन् ।
प्रत्येक वर्ष १५ लाख व्यक्तिको प्रत्यक्ष रुपमा मधुमेहका कारण मृत्यु हुने विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ । पछिल्ला केही दशकहरुमा मधुमेहका बिरामीहरुको संख्या निरन्तर बढ्दै गएको पाइन्छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

