
नेपाल हेल्थ न्युज, जुम्ला । स्तर वृद्धिको माग सम्बोधन नभएको भन्दै ५८ जना शिक्षक कर्मचारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गरेका छन् ।
प्रतिष्ठानको शैक्षिक तथा प्रशासनिक भवनमा कर्मचारीले तालाबन्दी गरेपछि नियमित पठन पाठन समेत प्रभावित भएको छ ।
विगत लामो समयदेखि प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई स्थायी प्रक्रिया अघि नबढाइनु, अदालतले समेत आन्दोलनरत कर्मचारीको पक्षमा समेत फैसला गरिसक्दा र जुम्लामा बसेको सिनेट बैठकले आन्दोलनरत कर्मचारीको मागलाई सम्बोधनको प्रक्रिया अघि बढाउने निर्णय गरेपनि प्रतिष्ठानका पदाधिकारीले कार्यान्वयनमा आनाकानी गरेपछि तालाबन्दी गरिएको आन्दोलनरत कर्मचारीले बताएका छन् ।
प्रतिष्ठानमा करिब ४ सय जना शिक्षक–कर्मचारी कार्यरत छन् । जसमध्य ७०–७५ जना मात्रै स्थायी छन् । ठुलो सङ्ख्यामा करार र ज्यालादारी कर्मचारी कार्यरत रहेका छन् ।
२०८० भदौ २१ गते कर्मचारीहरूले आन्दोलन गरेर दुई पक्षीय सम्झौता गरेका थिए, जसमा असोज ८ गते बढुवा पत्र प्रदान गरिएको थियो। तर, अन्य बाँकी स्थायी कर्मचारीहरूको स्तरवृद्धि प्रक्रिया २०८० असोज १ गतेबाट अगाडि बढाउने सहमति कार्यान्वयनमा ढिलाइ भएको आरोप कर्मचारीले लगाएका छन्।
आफ्ना माग सम्बोधन नभए सम्म आगामी मङ्सिर ५ गते सम्म कर्मचारीले विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । ४८ घण्टाभित्र निर्णय कार्यान्वयन नभएमा अस्पतालका आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन् । आफ्ना माग सम्बोधन र निर्णय कार्यान्वयन गर्न ४८ घण्टे अल्टिमेटम दिएका छन् ।

नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
