नेपाल हेल्थ न्युज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई केन्द्रिय अनुसन्धान व्यूरोले आज भक्तपुरस्थित निजी निवासबाट पक्राउ गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फेक डकुमेन्ट बनाएर दुष्प्रचार र अफवाह फैलाएको अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।
यसबारे अनुसन्धान गरिने र विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाही अगाडि बढाइने प्रहरीले बताएको छ । कम्बोडियामा ओलीको लगानी रहेको भन्दै प्रसाईंले सार्वजनिक गरेको कागजातमा प्रधानमन्त्री ओलीको नामसहित नक्कली हस्ताक्षर सहितको नक्कली कागजात बनाएर सामाजिक सञ्जालमा अफवाह फैलाएका थिए। काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान गर्न पक्राउ अनुमति दिएको थियो।
साइबरसम्बन्धी कसुरमा असोज १५ गते जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई धरौटीमा छोड्न आदेश दिएको थियो। एक लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसारको कसुर गरेको अभियोगमा ५ वर्ष कैद सजायको मागदावीसहित यसअघि मुद्दा दायर भएको छ। यसको फैसला आउन बाँकी छ । प्रसाईं झापास्थित बीएण्डसी मेडिकल कलेजका सञ्चालक हुनु् ।
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३
‘लेट्स ब्रेक इट’ अभियानः २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्यमा नेपाल-डा. सर्वेश शर्मा
मंगलबार, साउन १२, २०८३


