
नेपाल हेल्थ न्युज, काठमाडौँ । फर्मासिस्ट र फार्मेसी सहायकले पुष ४ देखि नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य लगाउनुपर्ने भएको छ ।
नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै फार्मेसी वा अस्पताल फार्मेसीमा कार्यरत फर्मासिस्ट र फार्मेसी सहायकले आगामी पुष ४ देखि औषधि डिस्पेन्सिङ गर्दा देहायको नामट्याथ सहितको सेतो एप्रोन लगाई मात्र डिस्पेन्सिङ गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको हो ।
फर्मासिस्ट र फार्मेसी सहायकले यसको उल्लङ्घन गरेमा परिषद्को कोड अफ कन्डक्ट पालना नगरेको मानिने छ सूचनामा भनिएको छ ।
फर्मासिस्टले हरियो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर र फार्मेसी सहायले निलो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर उल्लेख गर्नुपर्नेछ ।
२०८१ पुस ४ बाट ड्रेसकोडको पालना भए नभएको सम्बन्धी अनुगमन परिषदबाट हुने र पालना नभएको अवस्थामा परिषद्को नियमावली २०५९ को परिच्छेद ३ को ३।२ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने बताइएको छ।
यसैगरी ब्याचलर इन फार्मेसीको २६ औं नाम दर्ता परीक्षा मिति २०८१ मंसिर १५ र डिप्लोमा इन फार्मेसीको मिति २०८१ मंसिर २२ गते हुने रचनामार्फत जानकारी गराइएको छ ।

स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

