
नेपाल हेल्थ न्युज, काठमाडौँ । जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले आगामी फागुनदेखि मिर्गौलाका समस्या भएका बिरामीको डायलाइसिस सेवा सुरु गर्ने भएको छ ।
डायलाइसिस सेवा सुरु गर्न आवश्यक पर्ने संरचनासहितको कार्यमा लायन्स क्लब र शुक्लागण्डकी नगरपालिकाले सहयोग गर्ने भएका छन् । आगामी फागुनदेखि सेवा दिनेगरी प्रक्रिया अघि बढाइएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो।
'डायलाइसिस सेवा सुरु गर्न व्यापक माग आएको छ । हामी यो सेवा सुरु गर्न आन्तरिक रूपमा तयारी थालिसकिएको छ । सेवा सञ्चालन गर्न केन्द्रले दुई नर्सलाई तालिम प्रदान गरेर तयारी अवस्थामा राखेको छ, थप दुई जनालाई मङ्सिर १ गतेदेखि तालिममा पठाइएको छु', डा. श्रेष्ठले भन्नुभयो ।
अस्पतालमा आवश्यक सेवा सञ्चालन गर्न केही समयअघि निरीक्षणका लागि आएका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले समेत मन्त्रालयबाट आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए । उनले आफ्नै कार्यकालमा केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न मिल्नेगरी प्रक्रिया पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
स्वास्थ्य बीमाबाट पनि उपचार सेवा प्राप्त गर्न सक्ने भएपछि बिरामीको चाप बढेको यस अस्पतालबाट दैनिक तीन सय बिरामीले सेवा लिने गरेको प्रशासन शाखा प्रमुख प्रदीप पौडेलले बताउनुभयो । उहाँले केन्द्रमा श्वासप्रश्वास रोगसम्बन्धी विशेषज्ञ सेवासहित हाडजोर्नी तथा नशारोग, स्त्रीरोग, बालरोग, नाक, कान घाँटी, जनरल सर्जरीको विशेषज्ञ सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
