
नेपाल हेल्थ न्युज, जलेश्वर । जिल्ला सदरमुकाममा अवस्थित प्रादेशिक अस्पतालमा खरिद गरिएको दुई करोड ५५ लाख ५२ हजारको उपकरण प्रयोगविहीन बनेको छ । चार वर्षदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, ईको र आइसियु सेट प्रयोगविहीन छन् ।
चार वर्ष अघि कोरोना नियन्त्रणका लागि उक्त उपकरण खरिद गरी ५० शय्याको कोभिड विशेष अस्पताल सञ्चालन गरिएको थियो । तर कोरोना महामारीको बेला पनि भेन्टिलेटर र आइसियु सञ्चालनका लागि दक्षजनशक्ति नभएपछि अस्पतालले दुई करोड ५० लाख बढीका ती उपकरण प्रयोगविहीन बनेका हुन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रभातकुमार गामीले दक्ष जनशक्ति (दरबन्दी) को अभावमा उपकरण प्रयोग गर्न नसकिएको बताउनुभयो। उनले हाल अस्पतालमा आईसियु सञ्चालन र विशेषज्ञ चिकित्सक भर्नाको लागि प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयसँग पहल गरिरहेको बताउनुभयो ।
जिल्लावासीले तत्कालीन अवस्थामा केही नेता र तीनका कार्यकर्तालाई कमिसन र कमाइको लागि प्रदेश सरकारले ती उपकरण किनेको आरोप लगाउँदै आएका छन् । रासस
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
