नेपाल हेल्थ न्युज काठमाडौ । ‘उत्तरदायी अनुसन्धान, अधिकतम लाभ’ भन्ने मुख्य विषयवस्तुका साथ नेपालमा पहिलोपटक फोरुम फर इथिकल रिभ्यू कमिटी इन द एसिया एण्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप) को २४ औं वृहत् शिखर सम्मेलन काठमाडौंमा हुने भएको छ ।

स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा यही मंसिर ९ गतेदेखि १२ गतेसम्म काठमाडौमा हुने सम्मेलनमा सहभागी हुने स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुबीच कसरी व्यक्ति, समुदाय तथा राष्ट्रलाई फाइदा हुने तरिकाले अध्ययन अनुसन्धान गर्ने भन्ने विषयमा विशेष छलफल हुने छ ।
नेपालमा हुर्किदै गएको अनुसन्धान संस्कारलाई सम्मेलनले अझ बढी परिष्कृत तथा बलियो बनाउन मद्दत पुग्ने आज आयोजित पत्रकार सम्मेलनमा परिषद्का सदस्यसचिव डा. प्रमोद जोशीले जानकारी दिनुभयो ।
सम्मेलनमा मुलुकमा नै पहिलो पटक अनि फरक विषय वस्तुमा विश्वका विज्ञ तथा दिगज व्यक्तित्वहरुको सहभागितामा रहने छ । साथै सम्मेलनमा स्वदेश तथा विदेशी अनुसन्धान आचार संहिता विषयसँग सम्बद्ध विभिन्न विधाका विज्ञ, अनुसन्धानकर्ता, नीति निर्माता, प्राज्ञिक संस्थाका प्रतिनिधि तथा विद्यार्थीहरुको सक्रिय सहभागिता रहने छ ।
सम्मेलनको पहिलो दिन नेपाली तथा विदेशी मुख्य वक्ताहरुको प्रस्तुतिकरण रहनेछ । साथै अनुसन्धान आचार संहिताका विभिन्न विषय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका, अनुसन्धान र नवप्रवर्तनमा विद्यमान चुनौती र समाधान, सूचित सहमतिपत्र, सहभागीहरुको तथ्यांकको गोपनियता, स्वीकृति प्रकृया तथा व्यक्ति र समुदाय स्तरमा अनुसन्धानको कार्यान्वयन विषयबमा स्वदेशी तथा विदेशी विज्ञबाट वैज्ञानिक अनुसन्धानका प्रस्तुती तथा छलफल हुने छ । साथै अनुसन्धानको स्वीकृति पछि अनुसन्धानकर्ता तथा आचार संहिता पुनरावलोकन समितिमा भएका विज्ञहरुको भूमिकाको बारेमा सहभागीहरुलाई तालिम प्रदान गरिनेछ ।
सम्मेलनको दोस्रो दिन पहिलो सत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सम्मेलनको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको तेस्रो दिन अनुसन्धानको नवप्रवर्तनको निरन्तर विकाससँगै बढ्दै गएका चुनौतीहरुको सम्बन्धमा एकजुट भई समाधान गर्न आवश्यक पर्ने आचारसंहिताका सिद्धान्तहरुको बारे छलफल हुने छ ।
करिब ६०० को हाराहारीमा स्वदेशी तथा विदेशी स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुको भौतिक उपस्थिति रहने यस सम्मेलनमा अनुसन्धान आचार संहिताका विभिन्न पाटोहरुमा बीच गहन छलफल, बहस तथा प्रस्तुतिकरण हुनेछ । सम्मेलनमा अमेरिका, जापान, बेलायत, फिलिपिन्स, पोल्याण्ड, मलेसिया, नर्वे, ग्रीस,केन्या, ब्राजिल, भारत लगायत विश्वका विभिन्न २३ देशका विज्ञहरुको प्रत्यक्ष सहभागिता रहने छ । साथै २०० भन्दा बढी सहभागीहरुले भर्चुअल रुपमा सहभागिता जनाउने छन् ।
सम्मेलनका लागि अनुसन्धान आचारसंहिताका विभिन्न विधामा प्राप्त भएका जम्मा ३०० वटा एव्स्ट्याक्ट मध्येबाट अन्तराष्ट्रिय अव्स्ट्र्याक्ट सेलेक्सन कमिटिले निर्धारण गरेको मापदण्ड अनुरुप रहेर ९० वटा मौखिक र १३ वटा पोस्टर प्रस्तुतिकरण छनोट गरिएको छ । सो मध्ये ६१ वटा प्रस्तुतिकरण अन्तर्राष्ट्रिय विज्ञहरुबाट हुनेछ भने २९ वटा प्रस्तुतिकरण राष्ट्रिय विज्ञहरुद्धारा गरिनेछ ।
स्वास्थ्य अनुसन्धान र प्रविधिको निरन्तर विकाससँगै एसिया प्रशासन्त क्षेत्रमा हुने अध्ययन अनुसन्धान परिक्षण अत्यन्त जिम्मेवारीपूर्ण संञ्चालन गर्नु आजको महत्वपूर्ण आवश्यकता रहेको छ । यस सम्मेलनले सो कार्यको लागि विद्यमान चुनौतीहरुको पहिचान र उचित सम्बोधन गर्न अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने अपेक्षा परिषद्ले राखेको सदस्य सचिव डा. जोशीले बताउनुभयो । साथै सम्मेलनले विश्वमा भइरहेका नवीनतम् विषयहरुको छलफल विमर्शहरुलाई सम्बन्धित निकायहरुमा पुर्याउन मद्धत गर्ने र समाजलाई अनुसन्धानबाट हुने फाइदा बढाई जोखिम न्युनीकरण गर्न सहयोगी रहने उहाँले स्पष्ट पार्नुभयो ।
डा. जोशीका अनुसार, सम्मेलनले स्वास्थ्य अनुसन्धान कार्यको नियमन गर्न, असल आचार संहिता र संस्कारको विकास गर्न, गुणस्तरीय तथ्याङ्क संकलन र संप्रेषण गर्न र तथ्याङक परक नीति तथा योजना कार्यन्वयन गर्न महत्वपूर्ण भुमिका निर्वाह गन विश्वास परिषद्ले लिएको छ ।
सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराउन व्भििन्न सरकारी निकाय, नीति तथा योजनाकारहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय इथिकल कमिटी, अनुसन्धानकर्ता, सहभागी, पत्रकार तथा परिषद्का कर्मचारीलाई अनुरोधसमेत गरिएको छ
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
