
नेपाल हेल्थ न्युज, काठमाडौँ । त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान शिक्षण अस्पतालले ३२ जना स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ।
अस्पतालले एक सुचना सार्वजनिक गर्दै स्टाफ नर्सको अस्थायी पदमा करार सेवामा पदपूर्ति गर्न लागेको हो । हाललाई ३२ जना लिइने भएपनि पछि रिक्त रहेको दरबन्दीमा आवश्यकता अनुसार यही योग्यताक्रम अनुसार पदपूर्ति गर्न सकिने अस्पतालले जनाएको छ।
त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भई नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको भएको हुनुपर्नेछ। दरखास्त मिति नियमित आगामी २५ गते र डबल दस्तुर तिरेर २९ गतेसम्म रहेको छ। दरखास्त दस्तुर १ हजार ५०० सय रुपैयाँ तोकिएको छ।
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


