
नेपाल हेल्थ न्युज, काठमाडौँ । शरीरलाई स्वस्थ र चलयमान राख्न विभिन्न पोषक तत्व आवश्यक पर्दछ । जसमध्ये आइरन अत्यावश्यक खनिज हो । यसले शरीरका विभिन्न भागलाई राम्रोसँग काम गर्न मद्दत गर्छ ।
आइरनबाट हेमोग्लोबिन बन्छ । यो रातो रक्त कोशिकामा पाइने एक प्रकारको प्रोटिन हो । फोक्सोबाट शरीरका विभिन्न भागमा अक्सिजन पुर्याउने काम हेमोग्लोबिनले गर्छ । शरीरमा आइरनको कमी भएमा मानिसलाई थकान, कमजोरी लगायत थुप्रै स्वास्थ्य समस्या देखिन सक्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार एनिमियाको मुख्य कारण आइरनको कमि हो । जुन विश्वभर सबैभन्दा प्रचलित पोषणको कमी हो । जसले विश्वव्यापी रूपमा ३३ प्रतिशत गैर–गर्भवती महिला, ४० प्रतिशत गर्भवती महिला र ४२ प्रतिशत बालबालिकालाई असर गर्छ।
शरीर आइरनको कमीले हुने स्वास्थ्य समस्या
मुटुको समस्याः शरीरमा आइरनको कमीले मुटुको धड्कन छिटो वा अनियमित हुन सक्छ । रक्तअल्पता पीडितको रगतमा अक्सिजनको कमी हुने भएकाले मुटुले बढी पम्प गर्नुपर्ने हुन्छ । जसका कारण मुटुको आकार बढ्न सक्छ । कहिलेकाहीँ यो अवस्था हृदयघातको कारण पनि हुन सक्छ ।
गर्भावस्थामा समस्याः गर्भावस्थामा आइरनको कमीले गम्भीर समस्या निम्त्याउन सक्छ ।
गर्भवती महिलामा आइरनको कमी भएमा समयअघि नै बच्चा जन्मन सक्छ । यसको प्रत्यक्ष असर बच्चाको तौलमा देखिन सक्छ । त्यसैले गर्भावस्थामा महिलाको शरीरमा आइरनको कमी हुन दिनुहुँदैन ।
बच्चाको वृद्धिमा असरः गर्भावस्थामा आइरनको कमी भएमा बच्चाको वृद्धि विकासमा समस्या आउन सक्छ । त्यसैले बालबालिकाको आहारमा आइरन युक्त खानेकुरा समावेश गर्नुपर्छ ।

आइरनको कमी हुन नदिन के खाने ?
- हरियो सागपात (पालक, बथुआ, मेथी)
- मटर र चुकंदर
- रातो मासु र कुखुराको मासु
- समुद्री खाना र सिमी
- साबुत अन्न, रोटी र पास्ता
आइरनको कमीबाट बच्न आफ्नो खानामा भिटामिन सी पनि समावेश गर्नुपर्छ । भिटामिन सीले शरीरमा आइरन सोस्न मद्दत गर्छ । त्यसैले आइरनसँगै भिटामिन सीको सेवन गर्नु जरुरी छ ।
किन मनाइन्छ वर्ल्ड आइरन डिफिसेन्सी डे ?
शरीरमा हुने आइरनको कमी, रक्तअल्पताको समस्या उजागर गर्न सन् २०१५ सीएसएल भाइफोरले हरेक वर्षको नोभेम्बर २६ ताखिकका दिन विश्व आइरन डेफिसेन्सी डे मनाउन सुरु गरेको हो ।
विशेषगरी गर्भावस्थाको समयमा र साना बच्चाहरुमा एनीमिया, एनीमियाका कारण हुने कमजोरी र थकान हटाउने तरिकाहरुको चर्चा गरिन्छ । विश्वभरका मानिसहरूलाई आफ्नो शरीरमा आइरनसँग सम्बन्धित स्वास्थ्य सुधार गर्न मद्दत गर्नु यस दिवसको मुख्य उदेश्य हो ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
