
नेपाल हेल्थ न्युज, चितवन । भरतपुर अस्पतालमा उपचाररत बालबालिकाहरुलाई उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन् । अस्पतालले ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने र पढ्ने अवसर समेतप्रदान गरेको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार बाल रोग विभागमा भर्ना भएर उपचाररत बालबालिकालाई ‘बिरामी छु’ भन्ने कुरा बिर्साउन प्ले थेरापी सुरु गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो “यसरी उपचार गर्दा बच्चाको रोग समेत छिटो निको हुन्छ ।” अस्पतालको उपचार र घरको जस्तो वातावरण सिर्जना गर्दा बालबालिकाले सहज महसुस गर्ने उहाँको भनाइ छ । बाल सघन उपचार कक्ष र सिकिस्त रहेका बाहेक १० वर्षसम्मका बालबालिकालाई लक्षित गरेर यो सेवा सुरु गरिएको उहाँले बताउनुभयो ।
विदेशमा समेत चिकित्सकले यस्ता कक्ष सम्हाल्ने गरेको जनाउँदै क्रमशः व्यवस्थित गर्दै लैजाने उहाँले जानकारी दिनुभयो । दैनिक ५० जना हाराहारी बालबालिकाले यो सेवा लिन सक्ने उहाँको भनाइ छ । अस्पतालको बाल रोग विभागमा ६६ श्या छन् ।
अस्पताल आफैले सामग्री खरिदगरी सुरु गरेसँगै विभिन्न दाताहरुले थप सामग्रीहरु सहयोग गर्ने वचन दिएको उहाँले बताउनुभयो । अस्पतालमा एनआइसियू, पिआईसियु सेवा समेत छ । यो संघीय अस्पताल हो । यहाँ चितवनसहित छिमेकी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । रासस
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

