
नेपाल हेल्थ न्युज, बागमती । पछिल्लो केही दिनयता चिसो बढेसँगै मकवानपुसहित बागमतीका विभिन्न जिल्लामा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन् । चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी बढेका हुन् ।
मकवानपुरको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
शिशुदेखि ६० वर्षसम्मका वृद्धवृद्धामा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायत रोगको सङ्क्रमण देखिएको हेटौँडा अस्पतालका निमित्त निर्देशक डा रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । अहिले दैनिक ६० जनासम्म रुघाखोकी, ज्वरो, निमोनियालगायत समस्या भएका बिरामी आउने गरेका उहाँले बताउनुभयो ।
जिल्लाको मनहरी अस्पताल, भीमफेदी स्वास्थ्य केन्द्र, बकैया आधारभूत अस्पतालसहित ग्रामीण भेगका अस्पतालमा पनि रुघाखोकी, ज्वरो, निमोनियाका बिरामीको चाप बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले जानकारी दिनुभयो । पछिल्लो केही दिनयता चिसो बढेपछि हेटौँडासहित जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन पातलिएको छ । रासस
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

