नेपाल हेल्थ न्युज काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी पुस ११ र १२ गते ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै छ। मन्त्रालयद्धारा बुधबार आयोजित पत्रकार सम्मेलन सो जानकारी दिइएको हो ।

सम्मेलनले विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी प्रमुख चुनौतीहरूको समाधान खोज्न र संवाद गर्न सहज हुने, प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालाहरूलाई नजिक ल्याई आपसी सिकाइ र दीर्घकालीन रणनीतिहरू निर्माण गर्न कोशेढुङ्गा सावित विश्वास गरिएको छ।
प्रवासी नेपालीहरूको विशेषज्ञता, स्रोत र साझेदारीमार्फत नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याउन सक्ने योगदानको पहिचान गर्नु, विश्वव्यापी र स्थानीय स्वास्थ्य प्रदायकहरूबीच ज्ञान आदानप्रदानको सुविधा प्रदान गर्नु, अनुसन्धान र तालिमका अवसरहरूको प्रवद्र्धन गर्नु र प्रवासीहरूको दीर्घकालीन सहभागिता सुनिश्चित गर्न नीतिगत पहल पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले जानकारी दिनुभयो।
सचिव मैनालीले भन्नुभयो, ‘ अन्य कुनै संस्थाले इभेन्टमा पार्टनरसिप गर्न सक्छन् । हामीले हेल्थमा योगदान दिनसक्ने डायस्पोरालाई नै टार्गेट गरेका हौं।’
सम्मेलनमा काठमाडौंमा रहेका २ सय जना र काठमाडौं बाहिरका ८ सय जना गरी करिब एक हजार जना स्वास्थ्य क्षेत्रका विज्ञ र स्वास्थ्य सरोकारवालाहरूको सहभगिता रहने अनुमान गरिएको छ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३


