
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढाउने बताउनुभएको छ । बिहीबार नेशनल जोइन्ट एनियुएल रिभ्यु २०२४ को समारोहमा बोल्दै मन्त्री पौडेलले आवश्यक जनशक्ति, उपकरण, सबैको तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो– ‘कोशी अस्पतालमा धेरै बिरामी भए भने बिपी कोइराला अस्पताल धरानमा पुगाउने व्यवस्था आपसी समझदारी र समयमै हुनुपर्छ । यस्तो किसिमको प्रणाली विकास गर्नको निम्ति म अनुरोध गर्न चाहन्छु । हामीले अरू स्वास्थ्य संस्था गेटा मेडिकल कलेज बनाउने गरी सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढाउन खोजिरहेका छौँ ।’
साथै उहाँले आपसमा समन्वय गरेर उपचार प्रणालिलाई व्यवस्थित गर्न र सिमित स्रोत साधनभित्र प्रभावकारीता बढाउन समेत आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रका कर्मचारिहरूले व्यावसायिक रूपमा नहेरी सेवा प्रदान गर्ने दृष्टिकोणबाट काम गर्न समेत अनुरोध गर्नुभयो।

नेपाल–बेलायतबीच स्वास्थ्य क्षेत्रको सहकार्य विस्तारबारे छलफल
बुधबार, जेठ ७, २०८२
जीवन सीमित भएका बिरामीका लागि प्रशामक सेवा रणनीति स्वीकृत
शनिबार, जेठ ३, २०८२
‘मौन हत्यारा’ उच्च रक्तचाप नियन्त्रणमा अझै गम्भीर चुनौती
शनिबार, जेठ ३, २०८२
शुक्रा हाउस अफ डाइग्नोस्टिक तेस्रो वर्षमा प्रवेशः सेवामा छुट र सामाजिक अभियान
शुक्रबार, जेठ २, २०८२