
नेपाल हेल्थ न्युज, महोत्तरी । बिरामी बोक्ने एम्बुलेन्सबाट लागुपदार्थ कारोबारको कालो धन्दा भएको पाइएको छ । महोत्तरीको बर्दिबासमा प्रहरीले एम्बुलेन्सबाट १० ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
बुधबार राति बर्दिबास चोकबाट सिन्धुलीतर्फ गइरहेको बा प्र ०१–००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट सो परिमाणको ब्राउनसुगर बरामद भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतिरमण पोखरेलले आज जानकारी दिनुभयो ।
सिन्धुलीको मरिन गाउँपालिकाको कपिलाकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सबाट ब्राउनसुगर बरामद भएको हो । एम्बुलेन्सको जाँज गरिँदा साइरनमा रहेको माइक्रोफोनभित्र लुकाइएको अवस्थामा ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।
ब्राउनसुगर बरामद भएको एम्बुलेन्स, चालक र एम्बुलेन्समा सवार अन्य एकसहितलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक (प्रनाउ) पोखरेलले बताउनुभयो । एम्बुलेन्सबाट गैरकानुनी सामान लगिँदैछ भन्ने सूचनाका आधारमा रोकेर जाँच गरिएको प्रहरीले जनाएको छ । यो कारोबारमा अन्य पनि संलग्न भएका हुनसक्ने प्रहरीको अनुमान छ ।
अहिले नियन्त्रणमा लिइएका दुई जनाको परिचय प्रहरीले खुलाएको छैन । सो एम्बुलेन्स उपचार कार्यको मानवीय सेवामा सहयोग पुर्याउन गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटलाई प्रदान गरेको जनाइएको छ । रासस

स्वास्थ्य पत्रकार मञ्चको अस्तित्व संकटमाः नेतृत्व विवादपछि सामूहिक बहिर्गमन
आइतबार, असार २२, २०८२
'म पनि सन्जिव तिवारी' अभियानमा चिकित्सकको साथः अवहेलनाको मुद्दामाथि चिकित्सा क्षेत्रको चासो
शुक्रबार, असार २०, २०८२
यो वर्ष ६० हजारभन्दा बढीलाई डेंगु संक्रमण हुन सक्ने उच्च जोखिम
शुक्रबार, असार २०, २०८२
नेपाल चिकित्सक संघका महासचिवलाई उच्च अदालतको कारण देखाउ आदेश
बिहीबार, असार १९, २०८२