
नेपाल हेल्थ न्युज, भक्तपुर । भक्तपुरमा एक सय ५१ एचआइभी सङ्क्रमित रहेका छन् । ३७ औँ विश्व एड्स दिवसका अवसरमा जनस्वास्थ्य कार्यालय भक्तपुरले मध्यपुरथिमिस्थित राधेराधेमा आयोजित दीप प्रज्वलन कार्यक्रममा कार्यालय प्रमुख शान्तिराम खतिवडाले यहाँ एक सय ५१ एचआइभी सङ्क्रमित उपचाररत रहेको बताउनुभयो ।
उहाँले नेपालमा एचआइभी एड्सको अवस्थाबारे जानकारी गराउँदै सन् २०२३ को अन्तिमसम्म नेपालमा ३० हजार तीन सय व्यक्तिमा एचआइभी सङ्क्रमित रहेको बताउनुभयो।
सन् २०२३ मा नेपालमा चार सय ५७ व्यक्तिमा एचआइभीको नयाँ सङ्क्रमण फेला परेको र यो सङ्ख्या सन् २००० को तुलनामा ९१ प्रतिशतले घटेको दाबी गनुभयो। सन् २०३० सम्ममा नेपालमा एड्सलाई अन्त्य गर्ने परिकल्पना गरिएको छ ।
एचआइभी सङ्क्रमण रोकथाम, एचआइभी सङ्क्रमित व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी परिणामहरूमा सुधार, सङ्क्रमित तथा मुख्य समूहमा एचआइभीसम्बन्धी असमानतामा कमी ल्याउने सरकारको योजना छ ।
यस्तै, सन् २०१० को अनुपातमा सन् २०२६ सम्ममा एचआइभी सङ्क्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, सङ्क्रमण पुष्टि भएका ९५ प्रतिशत व्यक्तिको उपचार गर्ने, एआरटी सेवा लिइरहेका एचआइभी सङ्क्रमितमध्ये ९५ प्रतिशतमा भाइरल लोडको लक्ष्य हासिल गर्ने, नयाँ एचआइभी सङ्क्रमण ९० प्रतिशतले कम गर्ने, आमाबाट बच्चामा सङ्क्रमण उन्मूलन गर्ने लक्ष्य सरकारले राखेको छ । रासस
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

