
नेपाल हेल्थ न्युज, चितवन । चितवन जिल्लामा डेंगुको संक्रमण घट्दै गएको छ। यहाँका अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये दैनिक आठदेखि १० जनासम्ममा डेंगुको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
कार्यालयका प्रमुख दिनेश रुपखेतीका अनुसार डेंगु सङ्क्रमण तीव्र फैलिएको समयमा दैनिक ३० जनामा सङ्क्रमण पुष्टि हुने गरेकामा कात्तिकको अन्तिम सातादेखि यो सङ्ख्या घट्दै गएको हो। उहाँले भन्नुभयो, “प्रयोगशालाका अनुसार अहिले आठदेखि १० जनामा मात्र सङ्क्रमण देखिन थालेको छ। यसले सङ्क्रमण दर घट्दै गएको सङ्केत गर्छ।”
गत वर्ष कात्तिकसम्म मात्रै देखिएको डेंगु अहिले मङ्सिरमा पनि देखिएकाले सतर्कता अपनाउन प्रमुख रुपखेतीले सबैलाई आग्रह गरे। उनका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका ११ हजार ९ सय १९ जनाको डेंगु परीक्षण गर्दा तीन हजार ६ सय ८७ सङ्क्रमण पुष्टि भएको हो।
सङ्क्रमितमध्ये दुई हजार आठ सय ४६ जना चितवनका र बाँकी जिल्ला बाहिरका रहेका छन्। रुपाखेतीका अनुसार सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ।
जिल्लामा सङ्क्रमित भएकामध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका एक हजार एक सय ५३ बिरामी रहेका छन्। सबैभन्दा कम माडी नगरपालिकाका ३६ जना छन्।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
