
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय खोप कार्यक्रममार्फत हेपाटाइटिस बी र हैजाविरुद्धको खोप कार्यक्रम ल्याउने योजना रहेको बताउनुभएको छ ।
इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्यसम्बन्धी बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालमा हैजा र हेपाटाइटिसविरुद्धको खोप राष्ट्रिय खोप कार्यक्रममार्फत ल्याउन लागेको जानकारी दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
मन्त्री पौडेलले, “हामी हैजाको खोप ल्याउनेबारे विमर्श गरिरहेका छौँ । नेपालले यसका लागि चाँडै गाभीसँग औपचारिक अनुरोध गर्ने छ ।” उहाँले नेपाल नयाँ सङ्घीय व्यवस्थामा स्वास्थ्यको जनशक्ति अभाव जस्ता समस्यासँग जुधिरहनु परेको उल्लेख गर्दै हाम्रो स्वास्थ्य क्षेत्र सुदृढीकरणमा वैदेशिक सहयोग खोजेको बताउनुभयो । नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।
यसैबिच स्वास्थ्य मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दुई लाख ५० हजार महिलाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्ने छ । परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले फागुन महिनाभर देशैभर महिलामा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको जानकारी दिनुभयो ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
