
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा ७०.५६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।
काउन्सिल रजिस्ट्रार डा. सतिशकुमार देवका अनुसार परीक्षाका लागि २५० जनाले फारम भएका मध्ये २४८ जना मात्रै सहभागी भएका थिए । त्यसमध्ये १७५ जना उत्तीर्ण भएका छन् । ७२ जना अनुत्तीर्ण भएका छन् भने एक जनाको नतिजा विथहोल्डमा राखिएको छ ।
चिकित्सा शिक्षातर्फको विभिन्न २८ विषयमा स्नातकोत्तर गरेका चिकित्सक सहभागी थिए । पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा बिहान ११ बजेदेखि १ बजेसम्म भएको परीक्षा चलेको थियो । काउन्सिलले वार्षिक रुपमा तीनपटक विशेष परीक्षा सञ्चालन गर्दै आएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३
युरिक एसिड गाउटका बिरामीमा मेटाबोलिक सिन्ड्रोम र कलेजो रोगको उच्च जोखिम
शुक्रबार, जेठ २२, २०८३ट्रेन्डिङ

