
नेपाल हेल्थ न्युज, म्याग्दी । जिल्लाका विभिन्न स्थानमा रु १० करोड ४७ लाख लागतमा आठ वटा स्वास्थ्य चौकी भवन निर्माण भएका छन् । बेनी नगरपालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण गाउँपालिकामा एक एक, मालिका र रघुगङ्गा गाउँपालिकामा दुई(दुई वटा स्वास्थ्य चौकी भवन निर्माण भएका हुन् ।
बेनी नगरपालिका ३ भकिम्लीमा रु ५० लाखमा सभाहलसहित पाँचकोठे एकतले स्वास्थ्य चौकीको पक्की भवन निर्माण भएको वडाध्यक्ष पदमबहादुर पुनले बताउनुभयो। रघुगङ्गा गाउँपालिका ४ दग्नाममा सहरी विकास मन्त्रालयको रु एक करोड ५९ लाख र वडा नम्बर ७ चिमखोलामा रु एक करोड ६७ लाख २८ हजार एक सय २६ लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको स्वास्थ्य चौकीमा निलगिरिखोला जलविद्युत् आयोजनाको रु २८ लाख ४९ हजार सहयोगमा निर्माण भएको छकोठे भवनमा प्रसूतिगृह सञ्चालन भएको छ । अन्नपूर्ण ३ दाना र वडा नम्बर ७ हिस्तानको औलामा स्वास्थ्य चौकीको नयाँ भवन निर्माणाधीन छन् । मालिका गाउँपालिका २ रुममा रु दुई करोड ६४ लाख १४ हजार दुई सय ६२ र वडा नम्बर ३ डाडाँगाउँमा रु एक करोड ५९ लाख ८३ हजार सात सय ७२ लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको गाउँपालिकाले जनाएको छ ।
यसैगरी, मङ्गला गाउँपालिका २ रणवाङमा रु एक करोड ३० लाख र धवलागिरि गाउँपालिका ४ मुदीमा रु ८९ लाखको लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएर सेवा सञ्चालनमा ल्याइसकिएको छ । छवटा स्थानीय तहका ४५ वडा रहेको सदरमुकाम बेनीमा रहेको अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणाधीन छ । धवलागिरिको ताकममा पाँच र मङ्गलाको हाडेभिरमा १० शय्या क्षमताको पालिकास्तरीय अस्पताल भवन निर्माणाधीन छ ।
अन्नपूर्ण गाउँपालिका १ दोवामा निर्माण भएको पाँच शय्याको अस्पताल भवन जनशक्ति र उपकरण अभावका कारण सञ्चालन भएको छैन । बेनी नगरपालिका १ रत्नेचौर, रघुगङ्गा १ बेग, अन्नपूर्ण–१ दोवा, वडा नम्बर ५ शिख, मालिका–१ निस्कोटस्थित स्वास्थ्य चौकीले पुरानै भवनबाट सेवा प्रवाह गरिरहेका छन् । रासस
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
