
नेपाल हेल्थ न्युज, काठमाडौँ । गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन्। आइतबार बिहान सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समिति परिसरको भवनको झ्यालमा बाँधिएको अवस्थामा शव फेला परेको हो ।
मृत फेला पर्नेमा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४० वर्षीय सुधीर कुमार झा रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार मृतक झाका दुवै खुट्टाले भुईँ टेकेको देखिन्छ । उनको घाँटीको डोरी झ्यालको रडमा बाँधिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


