
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. बद्री रिजालले दिएको छ ।
यसअघि डा. रुद्र मरासिनीले सम्हालिरहनुभएको उक्त जिम्मेवारी डा. रिजालाई दिइएको हो । डा. मरासिनीलाई भने सेन्टरको विशेषज्ञ चिकित्सकको जिम्मेवारी दिइएको छ ।
त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत रोशनी लक्ष्मी तुईतुईलाई वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख बनाइएको छ। त्यसैगरी व्यवस्थापन महाशाखाको जिम्मेवारी दयाकृष्ण पन्तलाई दिइएको छ ।
यसअघि व्यवस्थापन महाशाखामा कार्यरत सुरेन्द्र चौरासियालाई उपचारात्मक महाशाखा पठाइएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


