
नेपाल हेल्थ न्युज, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लोकसेवा आयोगमार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया अगाडि बढाएको छ ।
आयोगबाट पदपूर्तिको कार्य अगाडि बढेपछि स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति थपिने अपेक्षा गरिएको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द महतले जानकारी दिनुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपालको संविधान २०७२ को धारा २४३ बमोजिम स्थायी पदपूर्ति र बढुवासम्बन्धी कार्य लोकसेवा आयोगमार्फत अघि बढाउने कानुनी बाटो खुलेको छ ।
“यो निर्णयले प्रतिष्ठानलाई विधिसम्मत, पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट अब्बल शिक्षक तथा कर्मचारी नियुक्त गर्न ठूलो अवसर प्रदान गरेको छ”, रजिस्ट्रार महतले भन्नुभयो, “यो निर्णय संस्थागत हितका लागि महत्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ, प्रतिष्ठानमा हाल कार्यरत शिक्षक र कर्मचारीहरूको योग्यता एवं योगदानलाई कदर गर्दै, वैधानिक प्रक्रियाबाट बढुवा गर्ने आधार तयार भएको छ ।”
लोकसेवा आयोगमार्फत स्थायी पदपूर्ति गर्ने यो प्रक्रिया सुरु गर्नका लागि लामो समयदेखि प्रयास भइरहेको थियो । तत्कालीन समयमा २०७५ कात्तिक १५ मा बसेको लोकसेवा आयोगको बैठकले पाँच प्रतिष्ठानमा स्थायी पदपूर्ति र बढुवा रोक्ने निर्णय गरेको थियो ।
तीन वर्षको प्रयास र विभिन्न कठिनाइ पार गर्दै प्रतिष्ठानले यो कानुनी अवरोध पन्छाउन सफल भएको रजिस्ट्रार महतको भनाइ छ । “प्रतिष्ठानको दीर्घकालीन हितका लागि लोकसेवा आयोगजस्तो विश्वसनीय संस्थामार्फत पदपूर्ति गर्नुपर्ने आवश्यकता थियो, यो निर्णयले प्रतिस्पर्धात्मक प्रक्रियाबाट योग्य जनशक्ति भित्र्याउन ठूलो सहयोग पुर्याउने छ”, प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले भन्नुभयो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

